नियम ५२
यातायात सेवामा काम गर्ने कर्मचारीको बीमा
: (१) यातायात सेवा सञ्चालन गर्ने सवारी धनी वा व्यवस्थापकले ऐनको दफा १४९ बमोजिम दुर्घटना बीमा गराउँदा सो यातायात सेवामा संलग्न सवारी चालक, परिचालक, चेकर, हेल्पर, सुरक्षाकर्मी वा अन्य कर्मचारीको सवारी दुर्घटनाको कारणबाट हुने मृत्यु, अङ्गभङ्ग तथा उपचार वापत यस नियममा उल्लेख भए बमोजिमको रकमको बीमा गराउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम बीमा गराउँदा मृत्युको लागि पाँचलाख रुपैयाँको बीमा गराउनु पर्नेछ ।
(३) यातायात सेवामा संलग्न कुनै सवारी साधन दुर्घटना भई उपनियम (१) मा उल्लिखित कुनै व्यक्तिको मृत्यु भएमा त्यस्तो सवारी साधनको धनी वा व्यवस्थापकले प्रत्येक मृतकको परम्परा अनुसारको काज किरिया खर्च वापत निजको हकवालालाई
दोस्रो संशोधनद्वारा संशोधित ।
तत्काल पच्चीस हजार रुपैयाँ उपब्ध गराउनु पर्नेछ र सो रकम त्यस्तो धनी वा व्यवस्थापकले उपनियम (२) बमोजिमको बीमा रकमबाट सोधभर्ना लिन सक्नेछ ।
(४) उपनियम (१) बमोजिम बीमा गराउँदा अङ्गभङ्ग वापत देहाय बमोजिमको
बीमा गराउनु पर्नेछ :

(५) उपनियम (१) बमोजिम बीमा गराउँदा घाउचोटको उपचार खर्च, बिरामी कुरुवा खर्च र विविध खर्च बापत देहाय बमोजिमको बीमा गराउनु पर्नेछः–
(क) एक लाख रुपैयाँसम्मको वास्तविक उपचार खर्च,
(ख) अस्पताल भर्ना भएको अवधिको लागि प्रति दिनको पाँच सय रुपैयाँका दरले बढीमा तीस दिनसम्मको लागि कुरुवा खर्च र
विविध खर्च ।